संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण « Khabarhub

संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्यांकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गरिन् । समितिले गत असार २७ गतेबाट शुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ । त्यसै अनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताइन् ।

निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो । पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका थिए ।

समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गरेको थियो ।

बाढी, पहिरो र डुबानबाट धेरैको जनधनको क्षति भएपछि सो समितिले उनीहरुको राहतको तत्काल व्यवस्था गर्न सरकारलाई यस अघि नै सचेत गराएको थियो ।

सभापति श्रेष्ठले यो समस्याको दीर्घकालीन समाधानका लागि पनि ठोस योजना बनाएर सरकारलाई आवश्यक निर्देशन दिने गरी डुबान, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको कामलाई सुरु गरिएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : ५६ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा