अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा « Khabarhub

अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– जलवायु परिवर्तनका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ । 

अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन्।

यस बाहेक स्पेनको जंगलमा पनि आगलागी भएको छ । अर्कोतर्फ चीनमा चक्रवाती आँधी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अलर्ट जारी गरिएको छ । चीनका केही प्रान्तहरूमा सोमबार तापक्रम ५० डिग्री नाघेको छ । मौसमविद्हरू यी परिवर्तनहरू बारे विशेष गरी चिन्तित छन्।

स्पेनको क्यानरी टापुमा लागेको डढेलोका कारण ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी करिब ९ हजार ८ सय एकड क्षेत्रफलमा फैलिसकेको छ । आगलागीबाट हालसम्म १२ घर जलेर नष्ट भएका छन् ।

चीनमा चक्रवाती आँधी  ‘तलिम’ का लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । यस वर्षको चौथो चक्रवाती आँधीले देशको दक्षिणी तटीय क्षेत्रमा हावाहुरी र मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

यस्तै, जापानमा तापक्रम रेकर्ड स्तरमा पुगेपछि देशका ४७ प्रिफेक्चर मध्ये २० प्रान्तमा तातो हावाको लहरको चेतावनी जारी गरिएको छ। यसैबीच अविरल वर्षाका कारण केही क्षेत्रमा पहिरो गएको छ । टोकियोलगायत केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

यसैबीच, अमेरिकी जलवायु दूत जोन केरीले सोमबार बेइजिङमा चीनका जलवायु दूत सी सेनहुआसँग वार्ता गरेका छन । वास्तवमा अमेरिका व्यापार, ताइवान, मानव अधिकार र क्षेत्रीय दाबीमा विवादको बीचमा सम्पर्क पुनर्स्थापित गर्न चाहन्छ।

केरीले लगभग एक वर्षमा विश्वका सबैभन्दा खराब जलवायु प्रदूषकहरूमध्ये दुईका प्रतिनिधिहरू बीचको पहिलो व्यापक आमने सामने बैठक आयोजना गर्दैछन्।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ३५ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्