विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सुबिलम्ब होटलको १०५ नम्बरको कोठाबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने २४ वर्षीय बिक्रम मोक्तानलाई प्रहरीले पक्राउ गरेको  छ । उक्त होटलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको कोठाको बोरामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने ४१ वर्षीय प्रमोद बस्नेत र सोही नगरपालिका-८ बस्ने २४ वर्षीय प्रतीक शाही रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ प३३८७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित सोही नगरपालिका-६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थसहित  उनलाई पक्राउ गरेको हो । 

इलामको सूर्योदय नगरपालिका-६ कन्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्योदय नगरपालिका-५ समालबुङ बस्ने २१ वर्षीय प्रसिस खड्का र सोही नगरपालिका-६ कन्याम बस्ने २४ वर्षीय समिर तामाङ रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले झापाबाट ईलामतर्फ आउँदै गरेको बा.२१ च ७९७१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित कार चालक खडका र कारमा सवार तामाङलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  २ : २३ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन