राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने « Khabarhub

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने  भएको छ । 

मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी  ठहर्‍याएका थिए । 

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

 उनका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रबार सुनुवाइ गर्ने जानकारी दिएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : २३ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र