जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी | Khabarhub Khabarhub

जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जानकी– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९-८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात छ । 

प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक  र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ  र्‍या नुन आयात हुने गर्दछ । कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा  सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिए । 

जुम्लामा नुनको कमी हुन नदिन  सोमबार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय प्रमुख चौधरीले जानकारी दिए। उनले प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ ‘टेन्डर’का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौँ पठाई सकिएको बताए।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : २५ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण