निजी शैक्षिक संस्थाको चर्को शुल्क वृद्धिको विरोधमा नेविसंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक « Khabarhub

निजी शैक्षिक संस्थाको चर्को शुल्क वृद्धिको विरोधमा नेविसंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले निजी शैक्षिक संस्थाहरुले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने बताएको हो । नेबिसंघले शुल्क वृद्धिको विषयमा यही साउन ६ गते शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । साथै साउन ८ गते शैक्षिक शुल्कवृद्धिको विरुद्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्नेछ भने साउन १० गते चर्को शुल्कवृद्धिको विरुद्धमा सडक संघर्ष गर्ने र त्यसपछिका चरणबद्ध रुपमा सडक संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिने नेविसंघले जनाएको छ ।

नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरी श्रेष्ठको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल (काका) ले तत्काल शैक्षिक शुल्क वृद्धि फिर्ता नलिए नेविसंघ सशक्त सडक संघर्षमा उत्रिने चेतावनी दिए ।

सरकार र सम्बन्धित निकायले शैक्षिक संस्थाहरुको मनपरीतन्त्रलाई रोक्नको लागि नियमित अनुगमन गर्नुपर्नेमा पनि दाहालले जोड दिए । त्यस्तै, कार्यक्रममा नेविसंघका पूर्व केन्दी्रय सदस्य मोतिलाल भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । भण्डारीले कुन कलेजले कति शुल्क वृद्धि गरेको छ भनेर तथ्यांक नै सार्वजनिक गरेका थिए ।

कार्यक्रममा नेबिसंघका पूर्व केन्द्रीय उपाध्यक्ष क्षितिज भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । सरकारले प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी अध्यापन गराउने कलेजको सम्बन्ध रोकेको भएपनि शिक्षामन्त्रीले गुल्मी लगायतका १२ कलेजलाई चोर बाटोबाट सम्बन्धन दिलाएको आरोप लगाए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार