रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता « Khabarhub

रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ५६ करोड १५ लाख ९० हजार बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।

जिल्लामा सङ्घतर्फ रू ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८४ लाख १८ हजार गरी कूल रू दुई अर्ब १६ करोड सात लाख ६१ हजार बजेट प्राप्त भएको थियो । 

प्राप्त बजेटमध्ये सङ्घतर्फ रू ५७ करोड ७४ लाख ७७ हजार र प्रदेशतर्फ रू एक अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कूल रू एक अर्ब ५९ करोड ९१ लाख ७० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए। उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये सङ्घको रू २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको रू ३० करोड ६७ लाख ३४ हजार रहेको छ । उक्त रकम कूल बजेटको करिब २६ प्रतिशत हो ।  

जिल्लामा सङ्घतर्फ रू पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ रू ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ रू छ अर्ब ६३ करोड ३५ हजार प्राप्त भएको थियो । चालुतर्फ प्राप्त बजेटमध्ये सङ्घको रू पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ रू ६२ करोड ७४ लाख ४४ हजार गरी कूल रू छ अर्ब दुई करोड ९६ लाख ५४ हजार खर्च भएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : २८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको