यूएई ‘ए’ माथि नेपालको जित « Khabarhub

यूएई ‘ए’ माथि नेपालको जित


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ ।

बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा सर्वाधिक ७१ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाए । यसैगरी नवौं ब्याटरको रुपमा आएका प्रतीश जीसीले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : २४ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन