भेइकल ट्रयाकिङ सिस्टमको विरोधमा राष्ट्रिय व्यवसायी महासंघ सडकमा | Khabarhub Khabarhub

भेइकल ट्रयाकिङ सिस्टमको विरोधमा राष्ट्रिय व्यवसायी महासंघ सडकमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो ।

नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गर्दै आएको महासंघले आफ्नो भनाइ सरकारले नसुनेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

महासंघले यस अघि पनि विज्ञप्ति जारी गर्दै केही समय परीक्षणको रुपमा काम गर्नुपर्ने बताएको थियो । तर साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त सिस्टमको उद्घघाटन गरेका थिए ।

राजश्व अनुसन्धान विभागले ३ महिनाको अवधिभरलाई परीक्षणको अवधि मान्ने बताएको छ । तर व्यवसायीहरुले भने परीक्षणको अवधि एक वर्ष हुनु पर्ने माग राख्दै आएका छन् । सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भए पनि परीक्षणको अवधि एकदमै थोरै भएको महासंघका अध्यक्ष नरशे कटुवालले बताए ।

न्यूरोडको विशाल बजारमा आयोजित कोषणसभालाई सम्वोधन गर्दै महासंघ अध्यक्ष कटुवालले भने, ‘सरकारको नीति आउनै हुँदैन भनेको होइन, कमसेकम हामीलाई सिक्ने अवधि त चाहिँयो नि ।’

धेरै व्यवसायीहरुको पहुँचमा कम्प्युटर र इन्टरनेटको पहुँच पुग्न अझै केही समय लाग्ने भन्दै उनले कम्तिमा पनि एक वर्षको अवधि सरकारले दिनु पर्ने उनले बताए । सरकारले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै अनिवार्य नगर्न अन्य संघ–संगठनहरुले पनि माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : २० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको

पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले