नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलक : अर्थमन्त्री | Khabarhub Khabarhub

नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलक : अर्थमन्त्री


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धीमूलक रहेको बताएका छन् ।

भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिका जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन्  ।

उनले जी-२० मुलुकले पनि संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगायतका विषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए । उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसँग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण विषयमा छलफल भएको बताए ।

अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरूलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए ।

नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : १८ बजे

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती