नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलक : अर्थमन्त्री « Khabarhub

नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलक : अर्थमन्त्री


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धीमूलक रहेको बताएका छन् ।

भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिका जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन्  ।

उनले जी-२० मुलुकले पनि संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगायतका विषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए । उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसँग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्वपूर्ण विषयमा छलफल भएको बताए ।

अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरूलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए ।

नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : १८ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग