अमेरिकी दूतावासद्वारा क्षेत्रीय सञ्‍जाल विस्तार विचार गोष्ठी आयोजना « Khabarhub

अमेरिकी दूतावासद्वारा क्षेत्रीय सञ्‍जाल विस्तार विचार गोष्ठी आयोजना


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी दूतावासले नेपाल–युएस एलम्नाइ नेटवर्क (नुसान)सँगको साझेदारीमा शुक्रबार रिजनल कनेक्टिभिटी (क्षेत्रीय सञ्‍जाल विस्तार) सम्बन्धी विचारगोष्ठी आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले भने, “अमेरिकी दूतावासले आफै छलफललाई निर्देशित गर्ने हिसाबले यस्ता कार्यक्रमलाई प्रायोजन गरेको होइन । यसको उद्देश्य त विचारको स्वतन्त्र आदानप्रदान र सम्बन्ध निर्माणलाई प्रोत्साहित गर्नु हो । नेपालले सामना गरिरहेका चुनौतीका लागि यसबाट अहिले र भविष्यमा समेत व्यवहारिक तथा स्वदेशी समाधान निस्कनेछन् भन्ने हामीले आशा लिएका छौँ ।’

कार्यक्रममा अमेरिकी सरकारका आदानप्रदान कार्यक्रमका पूर्व विद्यार्थी, सरकारी अधिकारी, विद्यार्थी, लगायत १२० जनाभन्दा बढी सहभागी थिए । कार्यक्रममा प्रस्तोताहरूले तथ्याङ्क संरक्षण तथा गोपनीयता ढाँचाको विकासका साथै नेपालको अनुपम अवस्थितिका कारण पर्यटन तथा जलविद्युत् विकासका निम्ति सिर्जित भौगोलिक लाभ लगायतका विविध विषयमा चर्चा गरेका थिए ।

अमेरिकी दूतावास तथा नुसानको साझेदारीमा विगत एक वर्षमा आयोजित कार्यक्रमहरूको शृङ्खलामा यो चौथो कार्यक्रम हो । यसअघि नुसानले पारदर्शिता तथा जवाफदेहिता, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता, र महिला उद्यमशीलता लगायतका विषयमा सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३५ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य