सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट « Khabarhub

सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन्  । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चारमन्त्रीको  सचिवालयले जनाएको छ ।

नेपालले सूचना प्रविधिको विकास र प्रयोगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सरकारका प्रवक्ता शर्माले कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा इजरायलसँग सहकार्य गर्न चाहेको बताइन्। पहिलेको तुलनामा सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य विकास गरेको जानकारी दिँदै उनले सरकारले सूचना प्रविधि विकास र प्रयोगलाई प्राथमिकतामा राखेको बताएकी छन् । 

सरकारको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको प्रष्ट पारे। उनले भनिन्, ‘देशभरि सूचना सञ्चारको पहुँच विस्तार तीव्र गतिमा भइरहेको छ, त्यसमा प्रधानमन्त्रीको उच्च प्राथमिकता रहेको छ ।’ 

इन्टरनेटको फोजी सेवा देशभरि पुर्याउने काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री शर्माले फाइभजी सेवा पनि परीक्षणका क्रममा रहेको बताइन् । नेपालले आफ्नै स्याटेलाइट राख्ने सवाललाई पनि प्राथामिकतामा राखेको उल्लेख गर्दै उनले गुणस्तरीय स्याटेलाइट राखेर सूचना प्रविधिको विकासलाई नयाँ आयाम दिने सरकारको तयारी रहेको जानकारी दिइन्।

राजदूत गोडर गोल्डबर्गर पछिल्लो समय सूचना प्रविधिलगायत सबै क्षेत्रमा नेपालले तीव्र विकास गरिरहेको बताए । सूचना र सञ्चारका क्षेत्रमा प्रभावकारी सेवा भएन भने अबका दिनमा विश्व समुदायमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले पनि विश्वले त्यस क्षेत्रमा चाँडोचाँडो विकास गरिहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्