जाजरकोट दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत, चालक नियन्त्रणमा « Khabarhub

जाजरकोट दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत, चालक नियन्त्रणमा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको रिम्नामा यात्रुबहाक बस दुर्घटना हुँदा ज्यान गुमाउने चार जनामध्ये दुई जनाको सनाखत भएको छ ।

जगदुल्ला गाउँपालिका–४ डोल्पाका ४८ वर्षीय मिनबहादुर बोहोरा र बसका सहचालका सल्यानका हरि बहादुर राउतको सनाखत भएको हो । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस हिजो भेरी नगरपालिका १ रिम्नामा दुर्घटना हुँदा भेरी नदी किनारामा खसेको थियो ।

बस दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते दुई जनाको उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने ४ जनाको जाजरकोट अस्पताल र अन्य २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते एक जनाको उपचारपछि घर फर्काइएको छ ।

बसमा १३ जना सवार रहेका थिए । चाकलकको लापरबाहीका कारण गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ४३ बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल