प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान « Khabarhub

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी भए दिन आह्वान गरिएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले आज उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले आज एक सूचना जारी गरी सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छैनन् भन्ने लागेमा आधार र सबुत प्रमाणसहित उजुरी दिन भनेको छ ।

सूचनाअनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्नेछ । उजुरी दिने व्यक्तिले नाम, थर, वतन र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जनाइएको छ । उजुरीकर्ताले १४ साउनसम्म उजुरी दिन पाउनेछन् । 

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदूतका लागि हालै सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेका व्यक्तिहरूमा परेको उजुरी छानविन र सोधपुछ पछि समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरूको नियुक्ति हुनेछ ।

 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ९ : ५५ बजे

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई

मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका

टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ चितवन गर्दै 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर