लघुवित्त खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शन « Khabarhub

लघुवित्त खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शन


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लघुवित्तीय संस्था खारेज गर्नुपर्नेलगायतका माग राख्दै लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्त संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्नेलगायतका ५ बुँदे माग अघि सारेका छन् ।

आफूहरुको माग सरकारले पूरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली एक सातादेखि अनसन बस्दै आएका छन् । प्रदर्शनमा सहभागी भएका अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रिक नीति नबनेसम्म लघुवित्तीय क्षेत्रमा देखिएका समस्या समाधान नहुने र मुलुकको पनि रुपान्तरण हुन नसक्ने बताए ।

उनले लघुवित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध एकजुट भएर लघुवित्तका दलालहरुलाई कानूनी कठघरमा ल्याउनुपर्ने धारणा राखे । संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : ४६ बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर