कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यले धारणा राखे | Khabarhub Khabarhub

कांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यले धारणा राखे


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३४ जना केन्द्रिय सदस्यले बोलेका थिए ।

उनीहरुले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए ।

बैठकमा आज केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्माले आ–आफ्ना धारणा व्यक्त गरे ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा आरजु राणा देउवा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना र अञ्जनी श्रेष्ठ र मैकुलाल बाल्मीकिले आफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक साउन ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : २७ बजे

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका