लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक | Khabarhub Khabarhub

लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो ।

मन्त्री भुसालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताए । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ । भारतले गाई र च्याङ्ग्रााको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाउनुभएको जनाइएको छ ।

सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात, निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन् । तीन दिने भारत भ्रमण गरेका मन्त्री भुसालले भारतका कृषि, पशुपक्षी र रसायन एवं उर्वरक मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

भारतीय कृषिमन्त्री नरेन्द्र सिंह तोमरसँगको छलफलमा नेपाली टमाटरलाई निर्यातको प्रक्रिया यथाशीघ्र गर्नेगरी छलफल भएको छ । क्वारेन्टाइन सूचीमा नेपालमा उत्पादित टमाटर, मुला, मोटरकोसा, किवी, एभोकाडो, अकबरे खुर्सानी राख्न भारत सकारात्मक देखिएको छ । यी कृषिजन्य उत्पादनलाई आफ्नो क्वारेन्टाइन सूचीमा राख्ने भारतले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : ५४ बजे

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा

पोखराका सडकमा बोर्डिङका स्कुल बसको लाइन (तस्बिरहरू)

काठमाडौं– बोर्डिङ सञ्चालकहरूले पोखराका सडकमा पनि विरोध जनाएका छन् ।

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका