जलवायु परिवर्तनबारे छलफल गर्न वैज्ञानिकको बैठक काठमाडौँमा « Khabarhub

जलवायु परिवर्तनबारे छलफल गर्न वैज्ञानिकको बैठक काठमाडौँमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को कार्यसमूह–२ का वैज्ञानिकको पाँचदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।

आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा उक्त बैठक भएको हो ।

बैठकमा आगामी सन् २०२२ मा प्रकाशन गर्ने विश्व जलवायु परिवर्तन प्रतिवेदनका एजेण्डामा छलफल भएको थियो । आईपीसीसीले मानवीय व्यवहारका कारण पृथ्वीको तापक्रम र मौसममा आइरहेका परिवर्तन तथा उतारचढावबारे आवधिक रुपमा प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

सन् १९८८ मा स्थापना भएको आईपीसीसीले यसअघि १९९० मा पहिलोपटक विश्व जलवायुसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि सन् १९९७, २००१, २००७ र २०१३ मा प्रतिवेदन सार्वजनिक भएको थियो । छैटौं प्रतिवेदन सन् २०२२ मा सार्वजनिक हुनेछ । आईपीसीसीले विभिन्न १८ विधामा प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यसपटक नेपालले हिमाली क्षेत्रमा भइरहेका असर, प्रभाव तथा अनुकूलन र न्यूनीकरणका उपायबारे प्रतिवेदनमा समावेश गर्न आग्रह गरेको छ ।

नेपालजस्ता हिमाली र उच्च पहाडी देशका साझा समस्या समेटिने गरी प्रतिवदेनमा उल्लेख गर्न बैठकमा प्रस्ताव राखिएको वन मन्त्रालयका सह–सचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले जानकारी दिए । बैठकमा जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील ६० देशका २६० भन्दा बढी वैज्ञानिकको सहभागिता थियो । उक्त बैठकको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ५९ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने