सेटिङबिना सुन तस्करी असम्भव : रवि लामिछाने | Khabarhub Khabarhub

सेटिङबिना सुन तस्करी असम्भव : रवि लामिछाने


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।

आज विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यसबारेमा थप टिप्पणी गर्नु जायज नहुने बताए । 

उनले सुन प्रकरणलाई लिएर एमालेका केही नेताले अहिले नै गृहमन्त्री नारायणकाजीको राजीनामा माग गर्नु उचित नभएको तर्क गरे । उनले अनुसन्धान भइरहेकाले धैर्यता लिनुपर्ने बताए ।

अध्यक्ष लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको स्पष्ट पारेका छन् । उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीका  सांसद तथा नेताले समेत नबोलेको दाबी गरे ।

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको उल्लेख गरे । अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए ।

उनले आफ्नो पार्टी आम समर्थकको पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ४८ बजे

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू