गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल « Khabarhub

गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार निरन्तर चल्ने दाबी गरेका छन् । उनले सरकार ढल्ने कुनै सम्भावना नरहेको जिकिर गरे ।

प्रेस सेन्टर नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको गठबन्धन लामो समयसम्म रहिरहने र सरकारले भ्रष्टाचारविरुद्धको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

बागलुङ क्षेत्र नं २ का सांसदसमेत रहेका नेता पौडेलले भ्रष्टाचारविरुद्ध अहिलेको सरकारले लिएको अडानका कारण सरकार सञ्चालनमा कुनै समस्या नआएको भन्दै अहिलेको सरकार गिराउन विभिन्न चलखेल भए पनि त्यो सम्भव नहुने स्पष्ट पारे । उनले भने, “सरकारले दृणतापूर्वक भ्रष्टाचारविरुद्ध काम गर्दै आएको छ ।”

बागलुङको इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर ढोरपाटन नगरपालिकाका नगरप्रमुख फरार भएको विषयलाई आफूले गृह मन्त्रालयमा ध्यानाकर्षण गराएको बताए । नेता पौडेलले भने, “बागलुङको सहकारी समस्याको विषयमा गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छु, फरार रहेका सहकारीका अध्यक्षलाई पक्राउ गर्न आवश्यक छ ।” बागलुङस्थित इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर सञ्चालक फरार भएपछि जनताको गुनासो सुन्न नेता पौडेल गृहजिल्ला आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ०१ बजे

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको