अनररी कन्सुलर क्रोप्स नेपालको १६ औं साधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न « Khabarhub

अनररी कन्सुलर क्रोप्स नेपालको १६ औं साधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनररी कन्सुलर क्रोप्स नेपाल (एचसीसी–एन) को १६ औं साधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आइतबार एचसीसी–एनको सधारणसभा तथा ‘चार्टर डे’ सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालसँग दौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर क्रोप्सले पुर्‍याएको सेवाप्रति कृतज्ञता व्यक्त गरे ।

उनले दौत्य सम्बन्ध कायम भएका देशहरुमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न कार्यमा यस संस्थाका प्रतिनिधिहरुको भूमिका प्रशंशनीय रहेको भन्दै मुलुकको व्यापार तथा पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

सन २००७ मा स्थापना भएको यो संस्थाले आफ्नो १६ औं साधारणसभामार्फत् चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिन चयन गरेको छ ।

यो सँगै माल्टाका अनररी कन्सुल दिनेश श्रेष्ठले आफ्नो एक वर्षे कार्यकाल पूरा गरी डिनको जिम्मेवारी अग्रवाललाई हस्तान्तरण गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद विशिष्ट अतिथी रहेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : ३० बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी