दशैँ अघिको झरीले बिथोल्यो ग्वार्को फ्लाइओभर निर्माण | Khabarhub Khabarhub

दशैँ अघिको झरीले बिथोल्यो ग्वार्को फ्लाइओभर निर्माण

यातायात सञ्चालन गर्न अझै तीन महिना लाग्ने


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण दशैँ अघिको अविरल झरीका कारण प्रभावित भएको छ । दशैँसम्म निर्माण सम्पन्न गरी सवारीसाधन चलाउने भनिए पनि सरकारी अधिकारीहरूले सो लक्ष्य पूरा गर्ने भाका तीन महिना पछिका लागि सारेका छन् ।

असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण फ्लाइओभरको मूख्य पुलतर्फ माथि जाने स्ल्याब ढलानलगायत काम अवरुद्ध रोकिएको थियो । निरन्तरको वर्षाका कारण निर्माणकार्य नै अवरुद्ध भएको थियो ।

त्यसअघि बर्खाका बेला पनि फ्लाइओभर निर्माणको काम प्रभावकारी भएको थिएन । असोज लागेसँगै आयोजना निर्माणले गति लिने अपेक्षा गरिएको थियो । तर, असोज दोस्रो साता तीन दिनसम्म देशभर लगातार वर्षा भएसँगै बाँकी निर्माण कार्य समेत ठप्प भएको थियो ।

वर्षाका कारण ग्वार्को फ्लाइओभर निर्माणका बाँकी काम अघि बढ्न नसकेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ–बायाँ ‘ब्यारियर’ वाल राख्ने काम वर्षाका कारण रोकिएको छ । पानी परेपछि त्यहाँसम्म जाने पहुँच सडकसम्म र्‍याम्प निर्माणले गति लिन नसकेको आयोजनाले जनाएको छ ।

‘ग्वार्को फ्लाइओभरको निर्माण अन्तिम चरणमा छ । वर्षा नभएको भए दशैंसम्म सम्पूर्ण निर्माण सक्ने योजना थियो,’ उनले भने, ‘तर, असोज लागेसँगै देशभर पानी परेकाले बाँकी काम अघि बढ्न सकेको छैन् ।’ हालसम्म आयोजनाको ८० प्रतिशतभन्दा बढी निर्माणकार्य सम्पन्न भएको झाले जानकारी दिए ।

आयोजनामा पहुँच सडक, ट्राफिक लाइट जडान लगायतका केही काम बाँकी छन् । आयोजना निर्माणको ठेक्का अवधि २०८१ पुस मसान्तसम्म थप गरिएको छ । आयोजना निर्माणका बाँकी काम थपिएको म्याद अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको झाले बताए ।

यो पनि-

ग्वार्को फ्लाइओभर निर्माण अवधि लम्बियो, अब दशैंको भाखा

आयोजनाका अनुसार वर्षा नभएको भए तिहारअघि नै फ्लाइओभर निर्माण सम्पन्न हुने थियो । तर, पानी परेका कारण निर्माणकार्य अवरुद्ध हुँदा आयोजनामा केही ढिलाइ हुने देखिएको हो । यसअघि गत २०८० चैतमा आयोजना निर्माणका लागि १० महिना म्याद थप गरिएको थियो ।

पछिल्लो ६ महिनायता फ्लाइओभर निर्माण गति तीव्र थियो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा बन्न लागेको उक्त फ्लाइओभरको ठेक्का आशीष समानान्तर रेलिगेयर संयुक्त उपक्रम (जेभी) ले पाएको छ ।

गत २०७८ फागुन १२ मा निर्माण सुरु भएको फ्लाइओभर दुई वर्षमा सम्पन्न हुने ठेक्का सम्झौता थियो । तर, तोकिएको समयभित्र फ्लाइओभर निर्माण नभएपछि २०८० चैतमा १० महिना म्याद थप गरिएको थियो ।

ग्वार्को फ्लाइओभरको ठेक्का १७ करोड ८ लाख रुपैयाँमा लगाइएको हो । हालसम्म कुल लागतको ३५ प्रतिशत रकम खर्च भएको आयोजनाले जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय मापदण्डमा तयार गर्ने भनिएको यो यातायात पूर्वाधार संरचना नेपालको पहिलो फ्लाइओभर हुनेछ । बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर लम्बाईको उक्त फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२/१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ ।

फ्लाइओभर निर्माणपश्चात ५ वर्ष मर्मत र सम्भार स्वयम् ठेकेदार कम्पनीले गर्नुपर्नेछ । फ्लाइओभर निर्माणको व्यवस्थापन र सहजीकरण भने सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट हुँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  २ : ५९ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको