प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए ।

काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूले ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ । उनीहरूले प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ठगी गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई दमक पठाइसकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ५३ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ