गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ : मुख्यमन्त्री राई « Khabarhub

गुणस्तरीय निर्माणमा जोड दिनुपर्छ : मुख्यमन्त्री राई


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ ले शुक्रबार साँझ आयोजना गरेको ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा राईले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताए। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिँदै गुणस्तरीय कार्यबाट सुशासन कायम हुने बताए ।

प्रदेश सदस्य जयराम यादवले इञ्जिनीयरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिए । एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, पूर्वाञ्चल इञ्जिनीयर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्वकेन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इञ्जिनीयर पूर्वाधार विकासका मेरुदण्ड भएको बताए ।
नेपालमा ५२ हजार इञ्जिनीयर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ९ : ३५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले