जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्रै एक युवकले विष पिएपछि… « Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्रै एक युवकले विष पिएपछि…


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङको हाताभित्र एक युवकले विष सेवन गरेका छन् ।

आइतबार अपराह्न करिब ४ बजे प्रशासन कार्यालय क्षेत्रमा चेक बाउन्स मुद्दामा फरार कटहरी गाँउपालिका–३ का विनित सोनारले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार खोजी सूचीमा रहेका करिब ३२ वर्षीय सोनारले किटनाशक औषध ‘ट्रिक्कल’ सेवन गरेका थिए । फरार रहेका उनी अपराह्न प्रशासन कार्यालय पुगेका थिए ।

प्रशासन कार्यालय पुगेको खबरसँगै प्रहरी पक्राउ गर्न पुगेको थियो । प्रहरीलाई देखेसँगै सोनारले किटनाशक औषध सेवन गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार सोनारको तत्काल उद्धार गर्दै उपचारका लागि कोसी अस्पताल पुर्‍याइएको थियो । कोशीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रवक्ता दाहालले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ३५ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी