बाली बीमाप्रति किसानको बेवास्ता « Khabarhub

बाली बीमाप्रति किसानको बेवास्ता


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । 

वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पुर्‍याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।

बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरहन्छ तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बाली बीमातर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको छ । 

कृषि ज्ञान केन्द्र बागलुङले बाली बीमा गर्नका लागि किसानलाई ‘प्रिमियम रकम’ समेत प्रदान गर्दछ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्षमा किसानलाई बाली बीमाको प्रिमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले दुई लाख ४० हजार रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बाली बीमा कार्यक्रमबाट लाभान्वित हुने किसानको सङ्ख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बीमाका आधारमा केन्द्रले बीमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३ किसानले  २७ हजार रुपैयाँ प्रिमियम रकम लगेको बताए ।

बाँदरलाई जङ्गली जनवारको क्षतिको रुपमा बीमा दाबी गर्न सकिने जनाउँदै बाली बीमा गर्न किसानलाई प्रोत्साहनस्वरुपको कार्यक्रम कार्यान्वयन भएपनि उनीहरु आकर्षित नभएको उनको भनाइ छ । 

भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बीमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाले जानकारी दिए । ‘साना किसान बीमाको विषयमा जानकार नै छैनन्, तर ठूला कृषि फर्महरुले बीमा गरे पनि प्रिमियम शुल्क लिन कृषि ज्ञान केन्द्र नगएकासमेत हुनसक्छन्’, उनले भने, ‘किसानको पेसासमेत जोखिममा छ, जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि किसानले बीमा गर्न आवश्यक छ ।’

बाली बीमाप्रति किसान आर्कर्षित नभएपनि पशु बीमामा भने किसान आकर्षित भइरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । उनले पशुबाट बालीको भन्दा बढी क्षति हुने भएकाले किसान पशु बीमा गर्ने गरेका छन् । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ५९ बजे

रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कवाडी संकलन केन्द्रमा डोजर

भिजिट भिसा प्रकरण : ८० लाख बिगो माग गर्दै तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज

लुम्बिनीका दुवै ओपनर र कप्तान विराटनगरका सुवासको बलको शिकार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स र