देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने « Khabarhub

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को प्रसारण रोकिएको छ ।

शोका सञ्चालका तथा निर्देशक बिक्की अग्रवालले शुक्रबार एक सूचना गरी गरी यसबारे जानकारी दिएका हुन् ।

आन्दोलनमा शहादत प्राप्त योद्धाहरुको सम्मानमा कार्यक्रमको प्रसारण रोक्ने निर्णय गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा लेखिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थामा, जहाँ राष्ट्र अत्यन्तै गम्भीर र महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने मोडमा रहेको छ । भ्रष्टाचारविरुद्ध आफ्नो जीवन बलिदान दिनुभएका वीर योद्धाहरूको श्रद्धाञ्जली तथा सम्मानस्वरूप, कमेडी दरबारको सम्पूर्ण टिमको तर्फबाट हामीले यो निर्णय गरेका छौँ, कि- देशको अवस्था सामान्य नहुन्जेलसम्म कार्यक्रमका नयाँ एपिसोडहरू प्रसारण हुने छैनन् ।’

गत सोमबार र मंगलबार जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो ।

यही आन्दोलनको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

प्रदर्शनकारीले देशका महत्वपूर्ण सरकारी कार्यालयहरु जलाएका छन् । सोहीकारण अहिले मुलुकभर नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

जेनजीहरुको आन्दोलन सफल भएको छ । उनीहरु अहिले नेतृत्व चयनमा अल्झिरहेका छन् । उनीहरु आफ्नो नेतृत्वका सरकार बनाउन प्रयासरत छन् ।

प्रधानमन्त्रीका लागि उनीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई लगाडि बढाएका छन् । सुशीला राष्ट्रपति रामचन्द्र पौडेलसहित देशका शीर्ष नेतासँग संवादमा छिन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ५८ बजे

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर