चितवनमा जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा १२ जनाको मृत्यु « Khabarhub

चितवनमा जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा १२ जनाको मृत्यु


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन– गत आर्थिक वर्ष २०७९–०८० मा जङ्गली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच–पाँच जना रहेका छन् भने दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् ।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप ३१ लाख ३८ हजार चार सय रुपैयाँ प्रदान गरिएको छ ।

भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिवापत दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ ।

यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले दुई करोड ३० लाख ९० हजार ६९ रुपैयाँ राहत रकम स्थानीयलाई बुझाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : १६ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका