दार्चुलामा आयोडिन नुनको खपत बढ्दै « Khabarhub

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ । जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग बढेको हो । 

खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १-१ डिपो छन् । व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताएका छन्।

उनका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट आर्थिक वर्ष २०७९-८० मा दुई हजार आठ सय दुई क्विन्टल ५० किलोग्राम नुन बिक्री भएको । गत आर्थिक वर्षमा खलङ्गा डिपोसँग तीन हजार पाँच सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात रहेकामा हाल सात सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको प्रमुख कुँवरले जानकारी दिए।

त्यस्तै, शैल्यशिखर नगरपालिकामा रहेको  गोकुलेश्वर डिपोमा आर्थिक वर्ष २०७९-८० मा तीन हजार सात सय ८० क्विन्टल मौज्दात रहेकामा २७ क्विन्टल बिक्री भएको छ । हाल गोदाममा एक हजार ८० क्विन्टल नुन मौज्दात रहेको डिपो प्रमुख लक्ष्मणसिंह धामीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १ : ५७ बजे

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता