जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु « Khabarhub

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका सरकारी कार्यालयको सरसफाइ सुरु गरिएको छ । 

कार्यालयका कर्मचारीहरू आफैँले आफ्ना कार्यालयमा सरसफाइ सुरु गरेका हुन् । आन्दोलनकारीले कोशी प्रदेशसभा, उच्च अदालत मोरङ, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा आगजनी गरेका थिए । 

जलेर नष्ट भएका संरचना, फर्निचर र कागजात हटाउने कार्य कर्मचारीहरूले निरन्तर रूपमा गरिरहेका छन् । तर, कार्यालय पुनः सञ्चालनमा ल्याउन भने अझै लामो समय लाग्ने उनीहरूको भनाइ छ ।

केही हप्ताभित्र सामान्य प्रशासनिक काम सुरु गर्ने तयारी भए पनि पूर्ण सेवाग्राही सुविधा उपलब्ध गराउन भने समय लाग्ने मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 

आगजनीका कारण धेरै फाइल र अभिलेख जलेर नष्ट भएकाले आवश्यक प्रमाण हराएको र आगामी दिनमा सेवाप्रवाहमा गम्भीर चुनौती आउने सम्भावना कर्मचारीहरू बताएका छन् । 

अहिले विराटनगर बजार बन्द रहेको छ भने विराटनगरमा रहेका विभिन्न कार्यालयहरूमा नेपाली सेना र सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरिरहेको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : ०४ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित