सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण « Khabarhub

सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले प्रदान गर्ने सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ ।

केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालिममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा-टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए । उनले तालिम केन्द्रले तालिममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालिममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको दाबी गरे।

केन्द्रले तालिममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायको लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगञ्ज आएर तीनमहिने कटाइसिलाइ तालिम लिनुभएकी लक्ष्मी कुँवरले तालिम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको र अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेको बताए।

६ महिने कम्प्युटर तालिम सिक्नुभएका नेपालगञ्जका चक्र ढुङ्गानाले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्जबाट छ महीनासम्म सिकेको सीपले रोजगारी पाउन सफल भएको बताए ।

केन्द्रका प्रमुख गौतमका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६१८ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ । २७ जनालाई छ महिने कम्प्युटर तालिम दिइएको छ । यसैगरी तीन महिने केश श्रृङ्गार तालिम ६० जनालाई, कटाइसिलाइ तालिम ४८ जनालाई प्रदान गरिएको छ ।

आव २०७५/७६ मा केन्द्रले विद्युत् जडानको तालिम ५६ जनालाई, इलेक्ट्रोनिक्सको तालिम दुई जनालाई र वेल्डिङको तालिम २० जनालाई प्रदान गरेको छ । यसैगरी तीन महिने हाउस वाइरिङ तह एकको तालिम ५० जनालाई, हाउस होल्ड प्लम्बिङ तह दुईको तालिम २३ जनालाई, कुक तह एकको तालिम २५ जनालाई, मोटरसाइकल मर्मत तालिम २५ जनालाई, होजियारी तालिम ५० जनालाई, फेशन डिजाइनिङ तह एक तालिम ५० जनालाई, मेसन तह एक तालिम २५ जनालाई तालिम दिइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ११ : ४९ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा