चितवनको कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै « Khabarhub

चितवनको कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो।

सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताइन् ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको उनको भनाइ छ।

यो सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येकपटक चुनावी नारा बन्छ । तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।

सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्याङ्कन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताइन् ।

सडक निर्माणका लागि पटक–पटक सङ्घीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ०५ बजे

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर