भोजपुरमा नौवटा औषधि पसलमा अनुगमन « Khabarhub

भोजपुरमा नौवटा औषधि पसलमा अनुगमन


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ । औषधि पसल मापदण्डअनुसार चलेको–नचलेको अनुगमन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, नागरिक समाजका प्रतिनिधि अनुगमन टोलिमा रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका औषधि पसलको अवस्था बुझ्नका लागि अनुगमन गरिएको बताउँदै दर्ता, नवीकरण मिति, दक्ष स्वास्थ्यकर्मीलगायतका विषय अनुगमन भएको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भोजपुरका नौ औषधि पसलको अनुगमन गरेको थियो । औषधि बिक्री–वितरतणको अवस्थासँगै कानुनी प्रक्रिया, दर्ता नवीकरण, दर्ता प्राप्त स्वास्थ्यकर्मीलगायतको पनि अनुगमन गरिएको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए । अन्य जिल्लामा रहेका औषधि पसलको सम्बन्धमा जति गुनासा देखिन्थे, त्यस्तो अवस्था भोजपुरमा भने नदेखिएको उनको भनाइ छ ।

औषधि पसलमा बढी नै समस्या होला भनेर अनुगमन गरिए पनि भोजपुरमा भने सबैले दर्ता गरेर चलाएको र त्यस्तो समस्या नभेटिएको अनुगमनमा सहभागी स्वास्थ्य कार्यालयका प्रतिनिधि सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशभर रहेका औषधि पसलको सोमबार एकसाथ अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : १८ बजे

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू)

काठमाडौं– निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट

एमाले महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश : देशको अवस्था बुझेर नेतृत्व चयन गर्नुस्

काठमाडौं– पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को