महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै « Khabarhub

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुने पहिलो खेलमा समूह एचमा रहेको कोलम्बिया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा  हुनेछ ।

यस्तै न्युजिल्यान्ड र फिलिपिन्सको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा रहेको न्युजिल्याण्ड लगातार दोस्रो जितको खोजिमा रहँदा फिलिपिन्स भने पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

पहिलो खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गर्दा फिलिपिन्स स्वीट्जरल्यान्डसँग स्तब्ध भएको थियो । आजको खेलमा फिलिपिन्स पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

यस्तै, आजै दिउँसो पौने २ बजे हुने तेस्रो खेलमा स्वीट्जरल्याण्ड र नर्वे भिड्ने छन् । स्वीट्जरल्यान्ड शीर्ष स्थानमा रहेकाले आजको खेल जित्दै राउन्ड अफ सिक्सटीन नजिक पुग्ने लक्ष्यमा हुनेछ । तर, प्रतियोगितामा टिकिरहन नर्वेलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ३५ बजे

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री