इजरायलमा न्यायिक सुधार विधेयक पारित, सडकमा लाखौँको प्रदर्शन « Khabarhub

इजरायलमा न्यायिक सुधार विधेयक पारित, सडकमा लाखौँको प्रदर्शन


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेरुसलम– इजरायलको बेन्जामिन नेतान्याहु सरकारले सोमबार ठूलो राजनीतिक विजय हासिल गरेको छ । इजरायली संसद (नेसेट) ले न्यायिक सुधार सम्बन्धी महत्त्वपूर्ण विधेयक पारित गरेको छ।

टाइम्स अफ इजरायलका अनुसार यो विधेयक पारित भएपछि देशको कुनै पनि अदालतले सरकार वा कुनै पनि मन्त्रीले दिएको आदेशलाई प्रतिबन्ध लगाउन सक्ने छैन।

सुरुमा यससँग सम्बन्धित दुईवटा कुरा जान्नु महत्त्वपूर्ण छ। पहिलो, न्यायिक सुधार लामो प्रक्रिया हो र यसमा धेरै विधेयकहरू पारित गर्नुपर्ने हुन्छ। सोमबार मात्रै एउटा विधेयक पारित भएको छ । दोस्रो, विधेयकमा केही परिमार्जन गरिएको छ ।

व्यापक रूपमा हेर्ने हो भने सरकारका निर्णयहरूलाई अदालतले रोक्न सक्दैन तर सरकारले आफ्नो इच्छा लागू गर्न सक्ने अवस्था पनि होइन। प्रत्येक आदेशको पछाडि कारणहरू मात्र दिनु पर्दैन, तर तिनीहरू प्रमाणित पनि गर्नु पर्नेछ।

न्यायिक सुधारको बारेमा इजरायलमा कडा विरोध भएको थियो। सोमबार मतदानका क्रममा विपक्षीले बहिष्कार गर्दा लाखौँ मानिस संसदबाहिर नेतान्याहु सरकारको विरोधमा उत्रिएका थिए । उनीहरुलाई रोक्न प्रहरीले पानीको फोहोरा समेत प्रयोग गरेको थियो ।

इजरायलको पत्रिका ‘हारेट्ज’का अनुसार दुई दिनअघि शल्यक्रिया गरेर पेसमेकर जडान गरेर फर्किएका नेतान्याहुले यो विधेयक पारित गर्न आफ्नो पूरा शक्ति लगाएका थिए। न्यायिक सुधारको अगाडि उनले पहिलो र सबैभन्दा महत्त्वपूर्ण जीत हासिल गरेका छन्।

मतदानको कुरा गर्दा विधेयकको पक्षमा ६४ र विपक्षमा शून्य मत परेको थियो । जसका कारण विपक्षीले मतदान बहिष्कार गरेका थिए । सरकारले विपक्षीसँग अन्तिम समयसम्म वार्ता गरेको थियो ।

उनले विधेयकमा परिमार्जनका लागि सुझाव दिन समेत आग्रह गरेका छन् । तर, विपक्षी गठबन्धन बन्न सकेन र मतदानमा भाग लिन अस्वीकार गर्यो।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : २० बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई