पर्वतमा पहिराले ६ घर विस्थापित, एकसय घर जोखिममा | Khabarhub Khabarhub

पर्वतमा पहिराले ६ घर विस्थापित, एकसय घर जोखिममा


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएका छन् ।

पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए ।

स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएको जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले बताए ।

पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ ।

स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए । ‘यसअघि जङ्गल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षापछि पूर्णगाउँको तालसम्म पुगेको छ’, उनले भने, ‘बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन् । पौवाभित्र बाढी पसेको छ ।’

स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए । ‘चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्’, उनले भने, ‘पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ ।’

मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए ।

विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो । यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ०९ बजे

अर्जुननरसिंह केसीले भने : कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस