अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’ « Khabarhub

अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा सेन्टरको अप्रेशन वार्डमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

उनको बायाँ तिघ्रामा गोली लागेको छ । गोली भित्रै रहेकाले अप्रेशन गरिएको र अझै केहिदिन अस्पतालमै राखिने अस्पतालले बताएको छ । झापाको दमक घर भइ ललितपुरको गोदावरी बस्दै आएका दीपराजले आन्दोलनले यस्तो ठूलो रुप लिन्छ र देशको यो अवस्था हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । जेनजी आन्दोलनबारे नबुझेरै उनी हुलमा मिसिएका मात्रै थिए । अगाडी अगाडी लागेर भिडियो फोटोहरु खिच्दै हिँडिरहेका थिए ।

खबरहबसँग कुरा गर्दै दीपराजले भने, म र मेरो समूह करिब १२ बजे तीनकुनेबाट बानेश्वरतर्फ गइरहेका थियौं । त्यसबेलासम्म संसद भवन वरिपरि ढुङ्गामुढा प्रहार हुन थालिसकेको थियो । त्यो कसले गर्‍यो ? किन गर्‍यो ? मलाई केही पनि थाहा छैन । हामी त शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका थियौँ । सामाजिक सञ्जालमा लाइभ गर्नुपर्छ भनेर म अगाडी अगाडि गइरहेको थिएँ । प्रहरीले त्यहिबेलामा गोली चलाउन सुरु गर्‍यो ।

दिउँसो करिब एक-साढे एक बजेतिर आफ्नो खुट्टामा गोली लागेपछि साथीहरुले अस्पताल लिएर आएको उनले बताए । त्यसपछि के भयो आफूलाई केही पनि थाहा नभएको उनले बताए । ‘हामीले सुरु गरेको आन्दोलनले यस्तो रुप लिन्छ भन्ने त हामीले कल्पना पनि गरेका थिएनौं । सामान्य होला भनेरै अगाडी अगाडी गएका हौं । तर प्रहरीले ताकेरै गोली चलायो ।’ उनले भने ।

त्यस्तै, आन्दोलनकै क्रममा घाइते भएकी लीला अधिकारी पनि ट्रमा सेण्टरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । मोरङ घर भई काठमाडौं बस्दै आएकी लीला पढाइसँगै पार्ट टाइम काम गर्थिन् ।

तर, आन्दोलन भएको दिन भदौ २३ मा उनी काममा नगइ आन्दोलनमा सरिक हुन पुगेर अनाहकमा गोली खाइन् । उनको बायाँ पाखुरामा गम्भीर चोट लागेको छ । लीलासँगै रहेका उनका साथी निर्देशका अनुसार शल्यक्रिया पछि उनी खतरामुक्त रहेपनि निको हुन अझै धेरै समय लाग्ने चिकित्सकले बताएका छन् ।

दीपराज र लीलाजस्तै आन्दोलनका क्रममा घाइते भएका ११ जनाको ट्रमा सेन्टरमा अप्रेशन गरिएको छ । उपचारका लगि ल्याइएका ८ जनाको मृत्यु भइसकेको छ । जम्मा १ सय ६३ जना उपचारका लागि आएकोमा १ सय ३४ जना डिस्चार्ज भइसकेका छन् भने २९ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालको इमर्जेन्सी बाहेकका सवै सेवा बन्द गरिएकोमा धेरै घाइतेहरु डिस्चार्ज भएसँगै ओपीडी तथा अप्रेशनको सेवा सुचारु गरिएको सूचना अधिकारी शिव कुमार निरौलाले जानकारी दिए ।

उनका अनुसार सरकारको निर्णय अनुसार आन्दोलनमा घाइते भएकाहरुको सम्पूर्ण उपचार निःशुल्क गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ५४ बजे

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई