कार दुर्घटनाको आरोपपछि न्युजिल्याण्डका न्याय मन्त्रीबाट राजिनामा « Khabarhub

कार दुर्घटनाको आरोपपछि न्युजिल्याण्डका न्याय मन्त्रीबाट राजिनामा


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन– न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । दुर्घटना वेलिङ्गटनमा भएको थियो । घटना लगत्तै प्रहरीले एलेनलाई हिरासतमा लिएको थियो।

न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएका हुन् ।

लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

वेलिङ्टनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ३४ बजे

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि