भरतपुरमा अस्पतालका क्यान्टिनको अनुगमन : सरसफाइमा ध्यान दिन निर्देशन « Khabarhub

भरतपुरमा अस्पतालका क्यान्टिनको अनुगमन : सरसफाइमा ध्यान दिन निर्देशन


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ ।

भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन, भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले भरतपुर महानगरपालिकाले १३ होटल तथा किराना पसलमा अनुगमन गरेको बताए ।

उनले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको उल्लेख गर्दै पुनः सोही अवस्था दोहोरिए बन्द गर्ने चेतावनी दिए । अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णुबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार पाँचवटा होटलमा ताला लगाइएको छ । पुरानो मेडिकल कलेजभित्रका दुई, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्यान्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए ।

सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्कालगायतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो । त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसलसमेत बन्द गराइएको छ । त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए । अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ५२ बजे

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर