भरतपुरमा अस्पतालका क्यान्टिनको अनुगमन : सरसफाइमा ध्यान दिन निर्देशन « Khabarhub

भरतपुरमा अस्पतालका क्यान्टिनको अनुगमन : सरसफाइमा ध्यान दिन निर्देशन


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ ।

भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन, भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले भरतपुर महानगरपालिकाले १३ होटल तथा किराना पसलमा अनुगमन गरेको बताए ।

उनले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको उल्लेख गर्दै पुनः सोही अवस्था दोहोरिए बन्द गर्ने चेतावनी दिए । अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णुबहादुर भुजेलले जानकारी दिए ।

उनका अनुसार पाँचवटा होटलमा ताला लगाइएको छ । पुरानो मेडिकल कलेजभित्रका दुई, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्यान्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए ।

सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्कालगायतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो । त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसलसमेत बन्द गराइएको छ । त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए । अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ५२ बजे

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय