रूसी रक्षामन्त्री सर्गेई शोइगुले उत्तर कोरियाको भ्रमण गर्ने « Khabarhub

रूसी रक्षामन्त्री सर्गेई शोइगुले उत्तर कोरियाको भ्रमण गर्ने


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् ।

उत्तर कोरियाली सरकारी समाचार माध्यमले कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण पुनः सुरु हुने जनाएको छ ।

चिनियाँ प्रतिनिधिमण्डल पनि सोही कार्यक्रममा सहभागी हुने पुष्टि भएको भोलिपल्ट रुसी रक्षामन्त्रीको घोषणा सार्वजनिक भएको हो ।

रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रूसी महासङ्घको एक सैन्य प्रतिनिधिमण्डल यसैसाता प्योङ्योङ पुग्ने बताइएको छ ।

युद्धविरामको वार्षिकोत्सवमा धेरै चिनियाँ कूटनीतिज्ञ उपस्थित हुन जनाएको छ । विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो ।

प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन यो साता ठूलो सैन्य परेडलगायत कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको सोलस्थित एनके न्यूजले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : २८ बजे

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन