सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजावी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य १४ सय ५५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १२ : २९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते