जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई सोही नगरपालिका-६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । 

महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती किशोरीलाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ३४ बजे

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता