कम्युनिष्ट सरकारका कारण राष्ट्रियता कमजोर भयो : डा. शेखर कोइराला « Khabarhub

कम्युनिष्ट सरकारका कारण राष्ट्रियता कमजोर भयो : डा. शेखर कोइराला


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले राष्ट्रियता धरापमा परेको बताएका छन् ।

वर्तमान सरकारका कारण राष्ट्रियता इतिहासकै कमजोर बनेको बताउँदै उनले देशको अस्मिता र राष्ट्रियतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिए ।

सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय तहमा देशको छवि धमिलिँदै गएको भन्दै डा. कोइरालाले प्रश्न गरे, ‘भेनेजुएलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खाजेको ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रियस्तरमा के सन्देश जान्छ ?’

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषदलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. कोइरालाले सरकारका अराजकताविरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दुखद भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कमजोर बन्दा कम्युनिष्टहरुले फाइदा उठाएको बताए । उनले वृद्ध नेताहरुले अब विश्राम लिनु पर्ने बताउँदै त्यसो नभए आगामी महाधिवेशनबाट विस्थापित गरिदिने चेतावनी दिए ।

भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाँड्न कम्युनिष्ट सरकारले गुठी विधेयक ल्याएको पनि आरोप लगाए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : ३१ बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको