सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै « Khabarhub

सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।

आर्थिक वर्ष २०७९-८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताएका छन् । उनका अनुसार सम्बन्धविच्छेदका तीन सय ६३ मुद्दा मात्र फछर्यौट भएका छन् । गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत फछर्यौट भएको जिल्ला अदालतले जनाएको छ । 

त्यस्तै, आव २०७८-७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए । सो अवधिमा दुई सय ९२ मुद्दा फछर्यौट भएका थिए । आव २०७७-७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक ४६ मुद्दा मात्र फछर्यौट भएका खनालले बताए। उनका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन् ।

अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ । उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् ।

वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  २ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा