साताको शेयर: दुई अर्बको कारोवार « Khabarhub

साताको शेयर: दुई अर्बको कारोवार


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भयो ।

आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोवार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष शुरु भएपछिको दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो ।

अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार २४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोवार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अङ्कले सुधार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुग्यो ।

सो दिन नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औशत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।

सोमबार भने करीब ४३ करोडको कारोवार भयो । कूल २९ लाख ७३ हजार ८४३ कित्ता शेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको शेयर कारोवार भयो । मङ्गलबार पनि कूल रु ३४ करोडको कारोवार हुँदा १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर खरीद बिक्री भए ।

यस्तै बुधबार कारोवार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोवार रकम भने औशतमै सीमित रह्यो । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता शेयर रु ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोवार भए ।

यस्तै बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पग्यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औशतमा रह्यो । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए ।

बजार पूँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबीआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौँ स्थानमा परे ।

यस्तै यस साता विभिन्न चार कम्पनीका शेयर स्टकमा सूचीकृत भए । त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनकिो ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद शेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार ३१२ कित्ता हकप्रद शेयर, नवील ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण शेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ५ : ४० बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका