मुगुको सोरुका विद्यार्थीले पाएनन् दिवा खाजा « Khabarhub

मुगुको सोरुका विद्यार्थीले पाएनन् दिवा खाजा


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुगु- नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।

राज्यले यो कार्यक्रमलाई महतव दिएर वार्षिक करिब ९ अर्ब रकम विनियोजन गरेको छ । जसबाट ३० हजार सामुदायिक विद्यालयका ३२ लाख बालबालिका लाभान्विन हुने अपेक्षा गरिएको छ । तर, मुगुको दुर्गम गाउँपालिका सोरुमा तीन महिनादेखि दिवा खाजा बन्द छ ।

बसलदेवी विक विजय आधारभूत विद्यालय सिपमा कक्षा पाँचमा पढ्छन्। तर, विद्यालयमा नियमित खाजाको व्यवस्था छैन । सोरुकै महादेव आधारभूत विद्यालयको अबस्था पनि उस्तै छ । कक्षा पाँचका राजबहादुर कामी ।

कर्णाली प्रदेशका मुगुसहित हुम्ला, डोल्पा, जुम्ला र कालिकोट पाँच जिल्लाका लागि प्रति विद्यार्थी २० रुपैयाँका दरले वार्षिक रूपमा १८० दिन नबढ्ने गरी सरकारले बजेटको व्यवस्था गर्छ । तर, भवानी माध्यमिक विद्यालय पुरुमुरुका बालबालिकाले पछिल्लो दुई वर्षयता विद्यालयमा खाजा खानै नपाएका कक्षा तीनमा अध्ययरत छात्रा सिर्जना कामीले बताइन् ।

पोषणमा सुधारसँगै शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बढाउनु र सिकाइस्तर सुधार गर्नु दिवा खाजा कार्यक्रमको मूल उद्देश्य हो । साथै दिवा खाजामा स्थानीय कृषिउपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबीच सम्बन्ध स्थापित गर्नु यसको अर्को उद्देश्य हो । तर, बालबालिकाले आक्कल झुक्कल पाउने खाजामा पनि चाउचाउ बिस्कुट लगायत बजारको तयारी खाजा हुने गरेको अभिभावक सोरु–७ बुम्चका लालसिंह लावडले बताए ।

दिवा खाजाका लागि आएको रकम अन्यत्र खर्च गर्न मिल्दैन । तर, कतिपय विद्यालयले व्यवस्थापन समितिको निर्णय भन्दै बालबालिकालाई भोकै राखेर रकम अन्तै खर्च गर्दै आएको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले अवगत गराए ।

सोरु गाउँपालिका भित्रका ३९ विद्यालयमध्ये अधिकांशमा दिवा खाजा नियमित छैन । स्थानीय सरकार भने थाहा पाएर पनि चुपचाप बसेको छ ।

देशभरका कतिपय विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।

विद्यार्थी नियमित विद्यालयमा आएका छन् भने सामुदायिक विद्यालयको सिकाई गुणस्तर पनि बढेको छ । तर, मुगुको सोरुमा दिवा खाजावापतको रकम अन्यत्र खर्च गरिँदा विद्यार्थी मारमा परेका छन् । स्थानीय सरकारले अनुगमन चासो नदिएका कारण दिवा खाजा प्रभावकारी नभएको अभिभावकहरु बताउँछन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १ : ५३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी