विशिष्टकृत सेवा दिँदै भेरी अस्पताल | Khabarhub Khabarhub

विशिष्टकृत सेवा दिँदै भेरी अस्पताल


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेस्थित भेरी अस्पतालले आफ्ना बिरामीलाई दिने सेवालाई विशिष्टकृत सेवाका रुपमा रुपान्तरण गर्दै लैजान थालेको छ । अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताए ।

उनले केही दिनअघि अत्याधुनिक एमआरआई मेसिन अस्पताल भित्र्याइएको जानकारी दिँदै भौतिक पूर्वाधारको विकास पनि क्रमिकरुपमा भइरहेको बताए । सरकारले यस अस्पताललाई एमडी र एमएस अध्ययन अध्यापनका लागिसमेत अनुमति दिएको छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पताल सङ्घीय मातहतमा रहे पनि प्रदेश सरकारले पनि समन्वय गर्दै आएको उल्लेख गर्दै भएका स्रोतका आधारमा जनताले सेवा पाउनुपर्नेमा जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतमा भएको कार्यक्रममा, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, अस्पताल विकास समितिका पूर्वअध्यक्ष प्रमोद धिताललगायतले स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्ने आवश्यकता औँल्याए ।

विसं १९४७ मा पृथ्वीवीर डिपेन्सरीको रुपमा स्थापना भएको उक्त अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसुति गृह हुँदै विसं २०२२ मा भेरी अस्पतालमा नामाकरण भएको थियो । अस्पतालमा अहिलेसम्म वर्षमा एक लाख ८० हजार चार सय ३२ ले सेवा लिएका छन् । एक सय ६५ बेड रहेको सो अस्पतालमा इमर्जेन्सी सेवामा २५ बेड रहेको छ । कार्यक्रममा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ३३ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई