उद्योग परिसङ्घअन्तर्गत युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन « Khabarhub

उद्योग परिसङ्घअन्तर्गत युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग परिसङ्घ (सीएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ ।

अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत सङ्घाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन् ।

युवा उद्यमी मञ्चले नवप्रवर्तन र युवालाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसङ्घको युवा सङ्गठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ०३ बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर