प्रचण्डले एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे : ओली « Khabarhub

प्रचण्डले एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे : ओली


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको पैसा खाएको आरोप लगाएका छन् । शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले पार्टी एकीकरण गरेको भएपनि आफ्नो पार्टीलाई जीवितै राखेको टिप्पणी गरे ।

उनले पार्टी एकीकृत हुँदा आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न लागिपरेको आरोप पनि लगाए । माओवादीसँग एकता भनिएपनि ओलीले तेल एकातिर, पानी एकातिर भएजस्तै पार्टीमा एकता नभएको र हुनै नदिइएको टिप्पणी गरे । आफूहरुले कहिलेपनि छुट्टै भेला बैठक नगरेको भएपनि प्रचण्डले आफ्नो पार्टीको अलग्गै बैठक भेला गरेको उनले आरोप लगाए ।

उनले प्रचण्डले आफ्नो हिसाब किताब नबुझाएको पनि आरोप लगाए । प्रचण्डले रकम कहिल्यै नबुझाएको पनि ओलीको भनाइ छ । ‘एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, एमालेको रकम पिए, सबै गरे’ उनले भने, ‘एमालेमा एक पैसा दाखिल पनि गरेनन्, हिसाब पनि दाखिल गरेनन्, केही पनि दाखिल गरेनन्, कार्यालय पनि दाखिल गरेनन्, बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन्, केही पनि दाखिल गरेनन् ।’

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : २१ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान