लुम्बिनीमा पर्यटक लक्षित 'स्मार्ट शौचालय' निर्माण  | Khabarhub Khabarhub

लुम्बिनीमा पर्यटक लक्षित ‘स्मार्ट शौचालय’ निर्माण 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल वित्तिय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ ।

लुम्बिनी विकास कोषसँग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको हो । कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेसन (केएफआइएफ)युएनआई ग्लोबल युनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरि करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तिय संस्था कर्मचारी संघले जनाएको छ । संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरि निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न  पाउँदा खुशी लागेको बताए । लुम्बिनी आउने पर्यटकहरूलाई शौचालयले थप सहजता दिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तिय संस्थाका मजदुरहरूको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरूलाई सहजता थप्ने बताउँदै यसको दिगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए ।

 कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशील बनाउने गरि नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ ।

लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए । उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनेछन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १२ : १५ बजे

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण

नागढुंगाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

काठमाडौं– लामो दुरीको यात्रुवाहक बस चढेर आएका भारतीय नागरिक लागूऔषध

दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा

सभापति कप फुटबल : संकटा क्लब विजयी

काठमाडौं – राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

जनकपुरधाम –  स्थापनाको सात वर्षपछि प्रदेश सभामा मधेशको कामकाजी भाषाको